२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक पक्राउ

काठमाडौं- अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणासमेत ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ११ जना भारतीयहरूलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ ।
साथै, उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भोलि सार्वजनिक विदा

पत्रकार सुरेश रजक हत्या प्रकरणः 'भ्रम फैल्याउने समाचार संस्था वा व्यक्तिलाई कानु…

भाटभटेनीको सामान लुटपाट प्रकरणः यी हुन लुटपाट गर्नेहरू

प्रधानमन्त्रीको गोली हान्ने आदेश भएकाले सुरक्षित ठाउँमा छुः दुर्गा प्रसाई

प्रहरीको खोजीमा रहेका प्रसाईले भनेः मेरो कान छेउबाट गोली गयो, ज्यान बचाउँन …

महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन

आज अन्तरराष्ट्रिय शून्य फोहोर दिवस
_hfSMxienKV_scbfzcucq3aegayeyswfcoy1u4hpuvrique6dq1snucf6jqxpzh173ppov8d_6t4nQiXm57_wbrol6ln0clx13xte8vbpzcccscshiszqqncdlyol4wzak065fkpuuoba4wc.jpg)
प्रतिक्रिया