मंगलबार १९ चैत, २०८१
Tuesday, April 01, 2025

प्रि बुकिङबाट ५० करोड कमाउने पहिलो मलायम फिल्म एम्पुरानको तेस्रो सिक्वेल बन्ने

हैदाराबाद- साउथ फिल्म उद्योगले पछिल्ला केही वर्षमा अचम्मको कथा ल्याउन सुरू भएको छ ।

अहिले साउथका फिल्महरू विश्वभर फरक–फरक क्रेजका साथ हेरिन थालिएको छ । यससँगै कमाईको हिसाबले पनि पछिल्ला केही वर्षयता साउथ फिल्मको सफलता देखिएको छ । 

अब अर्को फिल्म आएको छ, जसले साउथ मुभी इन्ड्रस्ट्रिजलाई अझ माथि राख्ने भएको छ । पृथ्वीराज सुकुमारनको फिल्म  एल २ः इम्पुरान अन्ततः रिलिज भएको छ । फिल्मलाई लिएर जनतामा निकै चर्चा चलेको छ । 

यसैबीच चलचित्रका निर्देशक तथा अभिनेता पृथ्वीराज सुकुमारन र चर्चित अभिनेता मोहनलालले केही नयाँ कुरा सार्बजनिक गरेका छन। भारतको प्रसिद्द च्यान टिभि ९ सँग विशेष कुराकानी गरेका उनीहरूले एम्पुरानको तेस्रो भाग पनि आउने खुलासा गरेका छन् ।

इम्पुरान प्रि बुकिङवाट विश्वब्यापी रूपमा ५० करोड कमाउने पहिलो मलायाम फिल्म बनेर रेकर्ड कायम गरिसकेको छ । सैकनिल्कका अनुसार पहिलो दिन सो फिल्मले बिहिवार दिउँसोको सो सम्म १३.७ करोडको ओपनिङ गरेको थियो ।

प्रभाससँगको पृथ्वीराजको फिल्म ‘सालार’ ले करिब ९०० करोड कमाएको थियो । अब पृथ्वीराज सुकुमारन र मोहनलाल अभिनित फिल्म ‘इम्पुरान’ रिलिज भएको छ । फिल्म तीन भागमा बन्न लागेको हो । अर्थात् यो ट्रिलोजी फ्रेन्चाइजी हो अर्थात् तीन फिल्ममा कथा पूरा हुनेछ ।

जसअनुसार ‘लुसिफर’ पहिलो किस्ता थियो, अब  एम्पुरान दोस्रो भाग हो। यसपछि अर्को किस्ता आउने पक्का भएको छ । तर, फिल्मको बारेमा कुरा गर्दा खेरी भने पृथ्वीराजले यसलाई दोस्रो पार्ट नमानेको बताएका छन् ।

पृथ्वीराजले यो स्ट्यान्ड अलोन फिल्म बन्ने बताए । अर्थात्, फ्रेन्चाइजीको पहिलो भाग हेरे पनि नहेरे पनि यो फिल्मको मजा लिन सकिन्छ । उनले यो चलचित्रबाट धेरै अपेक्षा गरेको बताए । त्यसका लागि ठूला सपना देखेको पनि उनको भनाइ छ । चलचित्रमा मोहनलाल मुख्य भूमिकामा छन् । कुन कुराले उनलाई यो फिल्म नयाँ हो भन्न बाध्य बनायो ? भन्ने प्रश्नको जवाफमा अभिनेताले पृथ्वीराजको दृष्टिकोणले नै फिल्मलाई खास बनाएको बताए ।

उता, पृथ्वीराजले मलाई यो कथा सुनाउने तरिका र फिल्म निर्माण प्रतिको उनको माया र समझलाई मैले सँधै थाहा पाएको र स्वीकार गरेको पनि मोहनलालले बताएका छन् । ‘मलाई उनको विरासतको बारेमा थाहा छ, त्यसैले म यो भूमिकामा सहमत भएको हुँ,’ उनले भने ।

उनी अगाडी भन्छन, ‘मैले उनका बुवासँग धेरै फिल्ममा काम गरेको छु, उनको महत्वाकांक्षा प्रस्ट देखिन्छ । त्यसैले मैले यो फिल्मलाई हो भनेँ । उनले यो कथा एक भागमा समाप्त गर्न सकेनन, त्यसैले यो तीन भागमा हुनेछ।’