प्रहरीले बानेश्वरको नापी विभागबाट पैदलयात्रीलाई अगाडि जान रोक्यो

काठमाडौँ- नेपाल प्रहरीले बानेश्वर-तीनकुने सडकखण्डमा राजावादीको प्रदर्शन भएपछि पैदलयात्रीलाई नापी विभागबाट अगाडि बढ्न दिएको छैन । शुक्रबार दुर्गा प्रसाईको समूह राजावादीले राजतन्त्र पुनःस्थापना गर्ने भन्दै तीनकुनेमा प्रदर्शन भएपछि सोही स्थान अहिले तनावग्रस्त बनेपछि आवतजावतमा रोक लगाएको हो ।
त्यसैगरी, राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ। तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोड्न खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन्।प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया