एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

काठमाडौं- यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।
यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।
यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौषला प्रदान गरेको छ । यस सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
“एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भई सकेको छ ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ ।
कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_VHgDbC6l4A_fry9by0ekgt51gc4ofizlupxzczyk2bwkeujxlxtnwupe6ec3hgph6ygiyqz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया