त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु

काठमाडौँ- विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ ।
यद्यपि, विमानस्थलमा उडान-अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थलले जनाएको छ । आन्तरिक तथा बाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् ।
शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो । हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन् ।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै केही समय उडान रोकिएको थियो ।
प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो ।
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_kctGjpUlmB_8pbqz8xkohlh1ndqvfmpsypz3vrjw2jl4y0hxcxfulkzq1xhdchp8lospe3r.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया