चैत्र कृष्ण औँसीः घोडेजात्रा

काठमाडौँ- चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

चितवनमा १८ वटा भाषा भाषा प्रशिक्षण केन्द्र अनुमित बिना सञ्चालन

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन
_3uQmt3Ydnw_dz9gjrha9ygogt9ipeejo8rgccqigx32sagl8t5qwsijj6ialkgp4emr0r8o_fdTxNTD2Xc_8qrbe5xras0gic0y54crueouua6kkskujpwk1p3miqdsvylobwmxczhhxt1t.jpg)
चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वाद उत्सव’

राशिफलमा यस्तो छ तपाईंको भाग्य

फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

प्रतिक्रिया