दक्षिण कोरियामा डढेलोले मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

सोल- दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भीषण डढेलो जारी रहँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने अन्य ३० जना घाइते भएका छन् ।
केन्द्रीय प्रकोप र सुरक्षा उपाय मुख्यालयले गत शुक्रबारदेखि १० क्षेत्रमा मध्यम र ठूला आगलागी भएको बताएको छ, तीमध्ये अधिकांश ग्योङसाङ प्रान्तमा छन् । डढेलोका कारण कम्तिमा ३६ हजार नौ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।
डढेलोले सन् २००० मा २३ हजार ७९४ हेक्टर जमिन नष्ट भएको थियो । डढेलोका कारण आठ जना गम्भीर घाइते भएका थिए । मुख्यालयका अनुसार अधिकांश पीडित ६० वर्ष वा सोभन्दा माथिका थिए ।
घर, कारखाना र सांस्कृतिक सम्पदा जस्ता प्रभावित भवन र संरचनाहरूको सङ्ख्या बढेर ३२५ पुगेको छ, जबकि ३७ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
तेज र सुख्खा हावाका कारण तिव्र गतिमा फैलिएको आगो नियन्त्रणका गर्न दमकलले प्रयास गरिएको थियो । हजारौं अग्नि नियन्त्रक साथै हेलिकप्टर जङ्गलको आगो निभाउन खटिएका छन् । (सिन्ह्वा)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया