मंगलबार १९ चैत, २०८१
Tuesday, April 01, 2025

वनमन्त्री चौधरीले दिए पदबाट राजीनामा

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए ।

उनको दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएका थिए ।