बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

काठमाडौँ- तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको केन्द्रीय सचिवालय बैठकले सो माग गरेको हो ।

तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसोदेखि साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।