तालिवानविरूद्धको झडपमा सर्वसाधारणसहित आठ सैनिकको मृत्यु

पेशावर- अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।
“एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,” स्रोतले भन्यो।
घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।
प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ ।
गत महिना आतङ्ककारीहरूले सयौं रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनाँै सैनिकहरूको हत्या गरेका थिए ।
चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् ।
खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ ।
तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो ।
इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो ।
यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ । (एएफपी)

अमेरिकी व्यापार मिसन समाप्त हुँदा भारतीय कर छुटको कुनै संकेत छैन
म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग

'फोहोर व्यवस्थापन सुधारका लागि पाकिस्तान सरकारको प्रतिबद्धता'

गाजामा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

आर्थिक सहायता कटौतीले एक करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरामा : संयुक्त रा…

छत्तीसगढ झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु

प्रतिक्रिया