हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो : माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप भएकाले सरकारले यथाशीघ्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गर] ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शान्ति सुव्यवस्था खलबलाउने उक्त घटना अराजनीतिक तथा निन्दनीय रहेको धारणा राखे । मुलुकको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएर शान्ति सुरक्षासहित नागरिकको ज्यानको रक्षाको जिम्मेवारीलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले घटनामा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै परिवर्तन पक्षधर सबै देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्व हुन आह्वान गरे ।
राजावादी समर्थकद्वारा शुक्रबार भएको घटनाको क्षतिबारे बुझ्न आज गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया