फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौँ- माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । कम्पनीले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

सुन तोलाको १ लाख ८० हजार नजिक

आजदेखि घट्यो हवाई इन्धन र डिजेलको मूल्य

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

हवाई इन्धन र डिजेलको मूल्य घट्यो

मदन भण्डारी राजमार्गभित्रका करिब १४ हजार रुख कटान हुँदै

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

हुलदङ्गाले भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

प्रतिक्रिया