मंगलबार १९ चैत, २०८१
Tuesday, April 01, 2025

न्यायाधीश राउत र सुवेदीको इजलासमा कुलमानको मुद्दा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङको मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको छ ।

 गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।

आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले हितेन्द्रको मुद्दालाई पनि छलफलका लागि राखेका थिए । हितेन्द्रको मुद्दा पनि कुलमानको सँगै न्यायाधीश राउत र सुवेदीको इजलासमा छ ।