शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

प्रधानमन्त्री ओलीले बोलाए गणतन्त्र पक्षधर दलहरूको बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर दलको बैठक बोलाएका छन् । आइतबार साँझ ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक साँझ ७ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबार गणतन्त्र पक्षधरहरूको उक्त बैठक बस्न लागेको हो ।