शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

राजसंस्था पुनःस्थार्पना 'संयुक्त जनआन्दोलन' को नेतृत्व पाए जगमान गुरूङले

काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' को नेतृत्व जगमान गुरूङले पाएका छन् । यसअघि सोही अभियानको जिम्मेवारी नवराज सुवेदीले पाएका थिए । उनको संयोजकत्वमा बनेको आन्दोलनले शुक्रबार तीनकुनेमा प्रदर्शनसमेत गरेको थियो ।

त्यसैगरी सुवेदीले आइतबार विज्ञप्ति निकालेर आफ्नो अनुपस्थितिमा गुरूङले नेतृत्व लिने उल्लेख गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा सरकारले आफूलाई नजरबन्दमा राखेको बताएका छन्।