कतारमा १८ नेपालीले पाए आम माफी

काठमाडौं - कतारले १८ जना नेपालीलाई आममाफी दिएको छ । रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ । नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो । मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।
‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ । कतारको दोहास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

आज बकर ईद

यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

आज विश्व वातावरण दिवस

यस्तो हुनेछ आज दिनभरको मौसम

प्रतिक्रिया