हुलदङ्गाले भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौँ- नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले आइतबार सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ । हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिइएको छ ।

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

काभ्रेमा पाँच वर्षमा पनि बनेन ७ किलोमिटर सडक

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा द…

घुमाउने पुल निर्माण, १० वर्षमा ३० प्रतिशत मात्रै भौतिक प्रगति

विदेशबाट फर्केर युवराजले गरे १५ बिघा बगरमा तरभुजाखेती

सुन तोलाको १ लाख ८० हजार नजिक

आजदेखि घट्यो हवाई इन्धन र डिजेलको मूल्य

प्रतिक्रिया