संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई किन दुखेन् ?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको घटनाले सबैलाई दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नदुखेको बताएका छन् । सोमबार संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'चैत १५ गते तीनकुनेमा सविन महर्जन र सुरेश रजकको मृत्यु भयो । उक्त मृत्युमा सबैले दु:ख व्यक्त गरे, सबै दलले वक्तव्य निकाले । तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । नागरिकको मृत्यु हुँदा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन' शर्माले संसद्मा भने ।
'देशको कुनै युवाको मनमा मलाई राजा चाहिएको छ भन्दै गर्दा म ति युवालाई आग्रह गर्न चाहन्छु' शर्माले भने 'तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईंले परिकल्पना गर्नु भएको छ । हामी दुखी छौँ, हामी दुखी होइबक्सेका छौँ भन्ने तीन लाइनको वक्तव्य निकाल्न नसक्ने राजतन्त्रको खोजी नेपालका युवाले गरेका हुन् भन्ने म मान्दिनँ ।'

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति दे…
तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

समाजवादी मोर्चाले कहाँ-कहाँबाट निकाल्दै छ जुलुस ?

प्रतिक्रिया