प्रधानमन्त्री ओलीले भनेः अराजक जत्थाका कारण पत्रकार रजकले गुमाए ज्यान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताए ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइ रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया