लामिछानेले पाए पुनः सभापतिको जिम्मेवारीमा

काठमाडौँ- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्केका छन् । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्नुभयो । त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसिरहेकोे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ । सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन- महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग हुनुभएको थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । -

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया