अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौँ- अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) का अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा ७० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी उद्धव पोख्रेलले ४५ र अर्का प्रतिष्पर्धीले २ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष हेमन लमिछाने, महिला उपाध्यक्ष सहनशिला श्रेष्ठ ,महासचिव: दीपेन्द्र घिमिरे ,सचिव: वसन्त पाण्डे कोषाध्यक्ष: जनक प्रधान त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी , सकिना थापा ,नवराज तिमिल्सिना ,श्रीधर आचार्य ,रिवाज मैनाली ,युवराज घिमिरे ,पुजन गड्तौला ,नविन चौलागाईं ,बिमर्श पाण्डे,विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला-संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने बताए । यहाँ रहेका नेपाली समुदायलाई एकत्रीत गरेर भातृत्त्वको भावना विकास गराउन पनि पहल गर्ने उनको भनाइ छ ।
नेपाली समुदायलाई अष्ट्रेलियाको समुदायमा जोड्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए । 'प्रवासमा रहेका नेपाली समुदायलाई एकतामा राखी सधैँ एकजुट हुनुपर्छ अभियान चलाउनेछु,’ उनले भने ।
श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका २० का हुन् । उनी सात वर्षददेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनी कन्सट्रक्सन क्षेत्रमा काम गर्छन् । श्रेष्ठ अष्ट्रेलिया एनआरएनका सदस्य समेत हुन् ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया