यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको छ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भु–भागमामा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित,आठ विमान ‘डाइभर्ट’

देउवा र जनार्दनका बिचमा भेटवार्ता

जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

यस्तो हुनेछ आज दिनभरको मौसम

दृष्टिविहीन मैत्री सरकारी सूचना प्रदान गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

प्रतिक्रिया