जापानमा पर्यटकको वृद्धि, होटल बसाइँमा ऐतिहासिक रेकर्ड

टोकियो- फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको छ, जसले अघिल्लो वर्षको सोही महिनाको रेकर्ड तोडेको छ ।
जापान पर्यटन एजेन्सीका अनुसार विदेशी पर्यटकहरूको आगमन बढ्दा होटल बसाइँको माग उच्च भएको छ ।
गत महिनामा मात्र विदेशी पर्यटकहरूको ओभरनाइट बसाइँ एक करोड ३३ लाख पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा १५.५ प्रतिशत धेरै हो । यो हालसम्मकै उच्च सङ्ख्या हो ।
अत्यधिक पर्यटनले स्थानीय समुदायमा प्रभाव पार्न थालेपछि जापान सरकारले विदेशी पर्यटकहरूलाई क्षेत्रीय स्थानहरूमा भ्रमण गर्न प्रोत्साहित गरिरहेको छ ।
पर्यटन एजेन्सीका अनुसार यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो भूमिका खेल्छ । (सिन्ह्वा)

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया