प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार बिहान ११:०० बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौं वार्षिक प्रतिवेदन, २०८०/८१ पेश गर्नेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उता, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने तथा सो विधेयक पारित गराउने प्रस्ताव गर्नेछन् ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले ‘पुर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकलाई पारित गराउने प्रस्ताव गर्नेछन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया