थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
जसअनुसार दिउँसो १:०० बजे थाइल्याण्डका लागि प्रधानमन्त्रीको टोली नेपालबाट प्रस्थान गर्नेछ । सोअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा २१ सदस्यीय रहने भएका छन् । जसअनुसार प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल रहने छन् ।
साथै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया