पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर- बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो ।
आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए ।

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

विषालु च्याउ खाँदा एकैपरिवारका पाँच जना बिरामी

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

प्रतिक्रिया