नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ- नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणका लागि आज दिउँसो जाँदै छन् ।

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

ओली र मोदीबीच बैंककमा 'साइडलाइन' भेटवार्ता हुने

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

प्रतिक्रिया