'नारायण गोपाल संगीत पुरस्कार २०८१' घोषणा

काठमाडौँ- राष्ट्रिय युवा सेवा कोषले 'नारायण गोपाल संगीत पुरस्कार २०८१ ' घोषणा गरेको छ । कोषले युवाहरूमा श्रम, सिप, सदाचार र सेवाको भावना जगाउने उद्देश्यले राष्ट्रको गौरव राख्न साहित्य, संगीत, कला संस्कृति र अन्य क्षेत्रमा लागेका १६ देखि ४० वर्ष ननाघेका युवाहरूलाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यस वर्ष नारायण गोपाल स्मृति पुरस्कारको लागि अन्तिम छनौटमा परेका जम्मा १० जनामध्येबाट एक जना विजेता युवा सर्जकलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिने कोषले उल्लेख गरेको छ ।
नेपाली संगीतको उन्नति तथा प्रतिष्ठानमा महत्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूको सम्मानार्थ राष्ट्रिय युवा सेवा कोषद्वारा “नारायण गोपाल संगीत पुरस्कार” आयोजना गर्न लागिएको हो ।
पुरस्कार आगामी २४ गते नेपाल पर्यटन बोर्डको सभाकक्षमा प्रदान गरिने छ। नेपाली संगीतका स्वर सम्राट नारायण गोपालको स्मृतिमा समर्पित रहँदै आएको छ । गायन वा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान दिने कलाकार, संगीतकार तथा गायक-गायिकाहरूलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिने छ ।
राष्ट्रिय युवा सेवा कोषले नेपाली युवाहरूलाई कला, संस्कृति र संगीतप्रति आकर्षित गराउन तथा नेपाली संगीत क्षेत्रको प्रवर्द्धन गर्न निरन्तर प्रयास गरिरहेको छ। “नारायण गोपाल संगीत पुरस्कार”ले नेपाली संगीत गरेको योगदानको कदर गर्दै सिर्जनशीलता र कलाको दिशामा अघि बढ्न हौसला प्रदान गर्ने कोषले प्रस्ट पारेको छ ।
अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को आदर्श सिद्धान्त र कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न राष्ट्रिय युवा सेवा कोष २०४२ माघ १६ गते स्थापना गरिएको हो ।

नेपाल र बेलायतमा नाटक 'भीमसेन थापा' मञ्चन हुने

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

क्रिकेटर सौरभको बायोपिकमा फिल्म बन्ने, स्त्रीः २ का राजकुमार राव देखिने

अल्लु अर्जुन पहिलो पटक अबको नयाँ फिल्ममा दोहोरो भूमिकामा देखिने

सिकिन्दरका तमिल निर्देशक : जसले दिलाएका थिए बलिउडलाई पहिलो १०० करोड

अन्ततः बन्ने भयो स्पाइडर म्यान-४, छिट्टै सुटिङमा जाने

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै विप…

प्रतिक्रिया