सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

जे भयाे भयाे अदालतको फैसला मानेर अघि बढ्छौँ : केपी शर्मा ओली

 काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गरेर अघि बढ्ने बताए । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नाे नेतृत्वको सरकारले राम्रो काम गरेपछि आत्तिएकाहरूले भ्रम छरेको पनि आरोप लगाए । 

'हामी विधिको शासनमा विश्वास गर्ने शक्ति पृथकीकरणमा विश्वास गर्ने । सर्वाेच्चको फैसलाबाट विचलित हुँदैनौँ,' उनले भने, 'अदालतको फैसला हाम्रोविरुद्ध छ । संविधान अनुसार छैन । जे भयो भयो अदालतको फैसला मानेर कार्यान्वयन गरेर हामी अगाडि बढ्छौँ ।' जनतामा भ्रम पार्ने कोशिस गरिएको पनि आरोप लगाए । 

'यो सरकारे राम्रो काम गर्न थाल्यो भनेर आत्तिए । झुटा प्रचार गरे । जनतामा भ्रम पार्ने कोशिस भएको छ । हामीले जनतालाई भ्रममा पर्न दिँदैनौँ,' उनले अघि थपे, 'हामी कुनै पनि हिसाबले सार्वभौकिता लोकतन्त्रको रक्षा गर्नेछौँ ।'