प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

काठमाडौं- उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली थाईल्याण्ड भ्रमणमा गए पछि सिंहले सो जिम्मेवारी प्राप्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनकाे जिम्मेवारी ताेकेका हुन् ।
प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरे पछि कार्यबहाककाे साे जिम्मेवारी उनकाे काँधमा परेकाे हाे । प्रधानमन्त्री आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरिसकेका छन । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको प्रधानमन्त्री ओलीले बताएका छन् । सो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने छन । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_G6zEzUW050_fpg2yr5dehfiywv0cjndyahp6ovcaa2y0ttju3hmy7qrjvln66imoq03feqk.jpg)
प्रतिक्रिया