मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

भैरहवा- राप्रपाका सांसद दीपक बोहराको शव भैरहवा पुगेको छ। भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ । उनको आज बिहान ओम अस्पतालमा उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।

उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ। पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोलि नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएकाे छ ।