इटालीको परमाणु अनुसन्धान केन्द्रको आकासमा पुग्यो रूसी जासुसी ड्रोन

रोम- युरोपमा अशान्तिको बीचमा एक रूसी जासूस ड्रोन इटालीमा भेटिएको छ।
सोड्रोन देखेपछि इटालियन सरकार कारबाही प्रकियामा गएको छ । उच्च सरकारी अधिकारीहरूले आतंकवाद र जासुसीलाई ध्यानमा राखेर सम्पूर्ण मामिलाको अनुसन्धान थालेका छन्। अनुसन्धानपछि थप कारबाही गरिने जनाइएको छ ।
इटालीका समाचार माध्यमका अनुसार इटालीको माग्गियोर तालको किनारमा रहेको इस्प्रा सहरमा रहेको युरोपेली संयुक्त अनुसन्धान केन्द्र (जेआरसी) मा व्यावसायिक ड्रोन उडेको देखिएको हो । ड्रोनको खिचिएको तस्बिरले यो रुसको भएको खुलासा गरेको जनाइएको छ।
यो ड्रोन उडेको इटालीको स्थान भने परमाणु अनुसन्धानसँग सम्बन्धित छ। यहाँ ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । यही कारणले आकाशमा ड्रोन देखेर इटालीका वरिष्ठ अधिकारीहरुको निद्रा हराउन पुगेको थियो ।
इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोका अनुसार सम्भावित सैन्य वा औद्योगिक जासुसीका आरोपहरू धेरै गम्भीर छन् । सो क्षेत्रका स्थानिय अधिकारीहरूले पहिले रिपोर्ट गरेको ढाँचासँग मेल खाएको छ।
क्रोस्टो भन्छन्, ‘यहाँ एक हाइब्रिड युद्ध चलिरहेको छ, यो जति लुकेको छ त्यति नै खतरनाक, निरन्तर र निस्सासिने खालको छ । यसमा लक्षित साइबर आक्रमणहरूको मिश्रण समावेश छ। सैन्य र औद्योगिक टेक्नोलोजीहरू र प्याटेन्टहरूको चोरी, साथै अन्य धेरै शत्रुतापूर्ण कार्यहरू भइरहेका छन् ।’
यद्दपी इटालीका रक्षामन्त्रीले मुखै फोरेर ड्रोनका लागि रुसलाई जिम्मेवार भनिसकेका त छैनन् तर नेटोले भने पक्कै पनि यो कार्य रुसको नै भएको दावी गरेको छ ।
इटालीको जर्जिया मेलोनी सरकार अमेरिका, रुस र युरोपको बारेमा अझै पनि अन्योलमा रहेको छ । मेलोनीले अमेरिकाको प्रशंसा गरे पनि युरोपसँग बस्ने कुरा गरेकी छिन् ।
अर्कोतर्फ मेलोनीले युक्रेनमा शान्ति सेना नपठाउने निर्णय गरेकी छिन् तर पनि उनी रुसको आक्रमणको विरुद्धमा बोलिरहेकी छिन्। त्यसैले उनी कुन लाइनमा छिन ? भन्ने अझै पनि प्रस्ट हुन सकेको अवस्था छैन् ।
इटाली हाल नाटोको सदस्य हो, जसले दोस्रो विश्वयुद्धमा अमेरिका र रुसविरुद्ध मोर्चा खोलेको थियो।

रुस र युक्रेन सम्झौताको निकै नजिक : ट्रम्प
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

अबको ५ वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दोब्बर, सबैभन्दा बढी पाकिस्तानी

आर्थिक मन्दीको जोखिमबीच रूसको प्रमुख ऋण लागत दर दुई दशकयताकै उच्च
रुस र इरानबीच नयाँ ग्यास सम्झौता

सुडानमा भएको पछिल्लो झडपप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

प्रतिक्रिया