भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

काठमाडौँ- भाटभटेनी सुपरमार्केटले सुरक्षा गार्डहरूलाई पुरस्कारसहित सम्मान गरेको छ । बुधबार कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् ।
सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । त्यस्तै सुरक्षागार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ ।
ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।
चैत १५ गते राजावादी आन्दोलनमा भाटभटेनी लुट्नेहरूलाई सुरक्षागार्डहरूले कुटेर लखेटेका थिए ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया