गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

नयाँदिल्ली- भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।
प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक सङ्ख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन् । (सिन्ह्वा/एएनआई)
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

प्रतिक्रिया