ठमेलमा खुल्दै ओएसिस क्लब, शुक्रबार ग्राण्ड ओपनिङ

काठमाडौँ- ठमेलको प्रतिस्पर्धात्मक ‘क्लब’ बजारमा अर्को एक नाइट क्लब थपिने भएको छ । रात्रीकालीन व्यवसायमा लामो अनुभव सँगालिसकेका व्यवसायी युवा नवीन बुढाथोकीको टिमले ओएसिस क्लब एण्ड लन्ज सञ्चालनमा ल्याउन लागेको हो । चैत २२ गते शुक्रबार साँझ भव्य उद्घाटनसँगै ठमेलको नर्सिङ चोकमा ओएसिस क्लब सञ्चालनमा आउने बुढाथोकीले बताए ।
वाइबा बुद्धको सांगीतिक प्रस्तुतिसहित हुने ‘ग्राण्ड ओपनिङ’मा प्रवेशका लागि १ हजारको टिकट किन्नुपर्ने हुन्छ, जसबापत ग्राहकले सांगीतिक प्रस्तुति हेर्नका साथै एक क्यान बियर पाउनेछन् ।
‘ठमेलमा क्लबहरूबीच तीव्र प्रतिस्पर्धा छ’, उनले भने, ‘यस्तोमा हामीले ठमेलको सबैभन्दा हट, नयाँ क्लब स्थापना गरेका छौँ ।’ उनले ग्राहकको सन्तुष्टिप्रति पूर्ण जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता पनि जनाए ।
ग्राण्ड ओपनिङको प्रमुख अतिथिमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा हाल प्रतिनिधिसभा सांसद महेन्द्रबहादुर शाही, विशेष अतिथिहरूमा पूर्वमन्त्री तथा सांसद शेरबहादुर कुँवर, पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, माओवादी नेता रमेश मल्ल र अभिनेता भुवन केसी रहनेछन् ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया