बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सबै मिलेर चेतनशील समाजको निर्माण गर्न आग्रह गरेका छन् । उनले काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकलाई लक्षित गर्दै तपाईहरू शिक्षक भएकाले, तपाईहरूको झन् ठूलो जिम्मेवारी र भुमिका रहेको बताए ।
‘ आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो,’ उनले भनेका छन्,’ आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौँ धाइरहनु नपरोस् ।‘
उनले शिक्षकलाई फोहोर नगरी केहि नभत्काइ दिएको धन्यवाद प्रकट गरे । 'हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’ उनले उल्लेख गरेका छन् ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया