आजको मौसम : कहाँ-कहाँ छ हिमपातको सम्भावना ?

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_o8ZclhEiIB_fkxdtltr0wwf5j0aroopqzggsqidaletb4pydhifvvluxgsm8peqtxrtovmd_f4SdQeociy_nyulzhviftvfyfznxoeo9wspmaylvmmaoxvqyqa7hxw4c9phnqaqtwkv3gpt.jpg)
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रतिक्रिया