'ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिने'

पेरिस- युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताएका छन् ।
“त्यहाँ दुईवटा जवाफहरू हुनेछन् । पहिलो, अप्रिलको मध्यमा हुनेछ, त्यो स्टिल र एल्युमिनियममा पहिले नै निर्णय गरिएको भन्सार महसुलको प्रतिक्रिया हो”, सरकारी प्रवक्ता सोफी प्रिमासले भने, “त्यसपछि क्षेत्र–क्षेत्र अनुसार विस्तृत अध्ययन हुनेछ र अप्रिलको अन्त्यअघि समन्वित, एकताबद्ध र बलियो तरिकाले युरोपेली निर्णय घोषणा गरिनेछ ।”
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बुधबार अपराह्न युरोपेली आयोगका प्रमुख उर्सुला भन डेर लेयनसँग कुरा गर्ने प्रिमासले बताए ।
युरोपेली सङ्घ (इयु) को व्यापार नीतिका प्रभारी युरोपेली आयोगले फ्रान्सेली सरकारको टिप्पणीलाई पुष्टि गरेन ।
“जब व्यापार नीतिको कुरा आउँछ फ्रान्स युरोपेली सङ्घको तर्फबाट बोल्दैन । हामी बोल्छौँ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले ब्रसेल्समा पत्रकारहरूलाई भने ।
भन डेर लेयन युरोपेली सङ्घका नेताहरूसँग सम्पर्कमा रहेको उनको प्रवक्ताले पुष्टि गरेका छन् । “स्पष्ट रूपमा यस महत्त्वपूर्ण विषयमा हामीले विभिन्न नेताहरूको इनपुटसहित वास्तवमै एक समन्वित प्रतिक्रिया पाउन सकौँ भनेर अध्यक्ष युरोपेली सङ्घभर नेताहरूसँग सम्पर्कमा रहनुभएको छ”, प्रवक्ता पाउला पिन्होले एक पत्रकार सम्मेलनमा भने । (एएफपी)

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

प्रतिक्रिया