गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ

जेरुसेलम- इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् ।
“आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको घोषण रक्षा प्रमुखले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
विस्तारित सुरक्षा कारबाहीले ‘इजरायलले नयाँ क्षेत्रहरू कब्जा गर्ने विश्वास उनले व्यक्त गरेका छन् । गत हप्ता नै सेनाले थप भागहरूमा चाँडै कब्जा गर्ने चेतावनी दिएको थियो ।
इजरायलले मार्च १८ मा गाजामा पुन: आक्रमण गरेपछि हमाससँगको युद्धमा लगभग दुई महिनाको युद्धविरामको अन्त्य गर्दै नयाँ आक्रमण सुरु गरेको हो । (एएफपी)
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया