यस्तो छ देउवाको विगत

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसै अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् ।
यस्तो छ देउवाको विगतको टाइमलाइन
२०७८ असार २९ ः पाँचौँ पटक प्रधानमन्त्री
२०७४ जेठ २३ मा : चौथो पटक प्रधानमन्त्री
२०७३ : कांग्रेस संसदीय दलको नेता
२०७२ : कांग्रेस सभापति
२०६४ : कांग्रेस एकीकरणपछि वरिष्ठ नेता
२०६१ जेठ २० : तेस्रो पटक प्रधानमन्त्री,
(नौ महिनामा नै ज्ञानेन्द्रले बर्खास्त)
२०५९ असार : कांग्रेस प्रजातान्त्रिक गठन र सभापति
२०५९ असोज १८ : राजा ज्ञानेन्द्रद्वारा असक्षम घोषित गरी प्रधानमन्त्रीबाट वर्खास्त
२०५८ साउन ७ : दोश्रो पटक प्रधानमन्त्री
२०५६ : विद्रोही माओवादीसँग वार्ता निम्ति उच्चस्तरीय कमिटिको सभापति
२०५२ भदौ २६ : पहिलो पटक प्रधानमन्त्री
२०५१ : संसदीय दलको नेता
२०४८ : कांग्रेस सरकारमा गृहमन्त्री
२०४८ : डडेलधुराबाट सांसद निर्वाचित
२०२७ : नेविसंघको संस्थापक सदस्य
२०२२ : कांग्रेसमा आवद्ध
जन्म : २००३ जेठ ३१
असिग्राम रुवाखोला, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरा

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया