तीनकुने प्रकरण : राप्रपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौँ तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ ।
कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै राप्रपाले गृह मन्त्री रमेश लेखकको पनि राजिनामा माग गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणासहितले आज सिंहदरबारमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक झडपका बारेमा छानबिन गर्नका लागि सर्वोच्च अदालतको न्याययधिसको नेतृत्वमा स्वतन्त्र छानबिन आयोगको माग गरेको हो ।
‘सर्वोच्च अदालतको पुर्व न्यायधीसको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन’ र ‘छानबिनका लागि गृह मन्त्रीको राजिनामा, चैत १५ गते दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासकीय नेतृत्वको निलम्बन’ सहित ५ वटा माग राखेको हो ।
जसअनुसार मृतकहरू सबिन महर्जन र सुरेश रजकलाइ सहिद घोषणा तथा क्षतिपुर्तिको ब्यवस्था, राप्रपा नेताहरू रविन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्यमाथिको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनु पर्ने राप्रपाको माग रहेको छ।

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रतिक्रिया