माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट बिजुली उत्पादन सुरु

काठमाडौं : माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट आज मंगलबारदेखि बिजुली उत्पादन सुरु गरिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा ७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिृकत विज्ञानप्रसाद श्रेष्ठले दोस्रो युनिटबाट बिजुली उत्पादन (सिंक्रोनाइज) गरिएको जानकारी दिए । तामाकोसीबाट उत्पादित बिजुली न्यू खिम्ती सवस्टेशन प्रसारण गरिएको छ । खिम्तीबाट २२० केभीको प्रसारण लाइनमार्फत ढल्केबर पुर्याएको छ ।
आयोजनाले एक, एक युनिट ‘सिंक्रोनाइज’ (प्रणालीमा जोड्ने) गर्दै लैजाने जनाएको छ । एउटा युनिट सिंक्रोनाइज गरेपछि दुई चार दिनपछि अर्को युनिट थालिने श्रेष्ठले बताए । ‘विश्व कर्मा पूजा अघिसम्म सबै युनिट सञ्चालनमा आई पूर्ण रुपमा व्यापारिक उत्पादन हुनेछ,’ श्रेष्ठले मंगलबार इकागजसँग भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इअर २०२५’ बाट सम्मानित

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट उपहार

आज एकैदिन ३९ सयले घट्यो सुनको मूल्य

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर २४ औं वार्षिकोत्सव मनायाे

प्रतिक्रिया