सर्वोच्चले कुलमानको पक्षमा दिएन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम दिन अस्वीकार गरेको छ । न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकारको आदेश दिएको हो ।
गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफ्नो कार्यकाल छँदै सरकारले बदनीयतपूर्वक हटाएको भन्दै अन्तरिम आदेशको माग गर्दै घिसिङ सर्वोच्च पुगेका थिए।
चैत १५ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो। अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई चैत १७ गते छलफलका लागि बोलाएको थियो।

सर्वोच्च अदालतको रविन्द्र मिश्रलाई हिरासतमुक्त गर्न आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

प्रतिक्रिया