प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

बैङकक- थाइल्याण्डमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो ।
उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया