शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छः डा. कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । मोरङको वुढिगंगा गाउपालिका–१ मा निर्माण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तीपुर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे । नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिए ।
नेपाली जनतालाई विश्वास दिलाउँन छानबिन समिति वनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानबिन गर्नुपर्ने उनको भनाई थियो । उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू पनि सुध्रनु जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा राजनीतिक दलहरुले आफूलाई सुधार्दै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर सरकार निमार्ण गर्दा संविधान संशोधन, सुशासन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने कुरा गरेपनि त्यसो हुन नसेको वताए । जति सक्दो चाँडो आफुले गरेको प्रतिवद्धता पुरा गर्ने तर्फ दलहरुको ध्यान जानुपर्ने कोइरालाको भनाई थियो । उनले नेपालमा कृषि, जलविद्युत, जडिवुटि तथा पर्यटनको प्रसस्त संभावना रहेकाले त्यस्को उचित सदुपयोग गरेर युवाहरुलाई स्वरोजगार वनाउदै नेपाल नेपाली जनतालाई सुखी र समवृद्ध वनाउन सकिने वताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया