तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

काठमाडौँ- संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाडौँको तीनकुनेमा चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । ११:०० बजे बस्ने उक्त बैठकमा गृहमन्त्री रमेश लेखक जाँदैछन् ।
उता विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

प्रतिक्रिया