ओली र मोदीबीच आज दुईपक्षीय भेटवार्ता हुने

बैङ्कक- प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया