बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

मुम्बई- विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ ।
यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन । यो फिल्मले महाराष्ट्र मास सर्किटको आधारमा कमाईको पहाड नै बनाएको छ । १३० करोडको बजेटमा बनेको यो फिल्मले ४८ दिनमा हिन्दी र तेलुगुसहित देशभर ५९५.३० करोडको नेट कलेक्सन गरेको छ । तर, ‘स्त्री २’ लाई उछिन्दै अहिलेसम्म हिन्दीमा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्न भने अझै सकेको छैन । ‘स्त्री २’ ले ५९७.९९ करोडको व्यापार गरेको थियो । जहाँ हिन्दीमा ‘छावा’ ले अहिलेसम्म ५७९.४३ करोडको व्यापार गरेको छ ।
छावा’ले बुधबार रिलिज भएको ४८औं दिनमा देशभर ४१ लाख रुपैयाँ कलेक्सन गरेको सकनिल्कले जनाएको छ । जसमध्ये हिन्दीबाट ४० लाख र तेलुगु संस्करणबाट १ लाख रुपैयाँ कमाएको थियो। यसअघि मंगलबार ४७ औँ दिन ५४ लाख र सोमबार ८९ लाखको कारोबार गरेको थियो ।
अहिले ‘छावा’ ले बक्स अफिसमा आफ्नो प्रभाव गुमाउँदै लगेको छ । तर, यसो हुदाँ पनि यसले विश्वव्यापी कमाईमा भने ८०० करोड रुपैयाँको कोसेढुङ्गा पार गरिसकेको छ । तर रोचक कुरा के छ भने फिल्मले विदेशमा ९१ करोड २० करोड मात्रै कमाउन सकेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया