बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारीबाट हटाइयोः कुलमान

सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन ।
उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।
‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।’

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया