लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

काठमाडौं - लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।
विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पु¥याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो ।
नयाँ संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ । पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पु¥याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ । पुस्तकको पुनः प्रकाशनले काठमाडौँको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू र आम पाठकहरूलाई महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

मोहन सिटौलाको ब्यस्टी र समष्टी´ सार्वजनिक

प्रतिक्रिया